कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ। एक हजार मत गणना हुँदा रास्वपाका आनन्दबहादुर चन्दले ४९० मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले १२७, नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९ र नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले ७० मत प्राप्त गरेका छन्।
त्यस्तै, कैलाली १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले प्रारम्भिक अग्रता लिएका छन्। एक हजार ६९ मत गणना हुँदा कांग्रेसका चौधरीले ३४८ मत पाएका छन्। रास्वपाका कोमल ज्ञवालीले १९९, एमालेका द्वारिकाप्रसाद न्यौपानेले ६८ र नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले ९९ मत पाएका छन्।