नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभरि आमरूपमा शान्तिपूर्ण मतदान भएको भन्दै सबै पक्षलाई धन्यवाद दिएका छन्। निर्वाचन सम्पन्न गरेकोमा सरकारसहित निर्वाचन आयोग, कर्मचारी तथा सुरक्षाकर्मीलाई उनले धन्यवाद दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्–
देशभर आमरूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ। निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका अपूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद। निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि धन्यवाद।