मकवानपुरको मनहरीमा किरियापुत्रीले गरे मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ चकरीमा एकजना किरियापुत्रीले मतदान गरेका छन्। लोकतन्त्रको यो सबैभन्दा ठुलो उत्सवमा तन्नेरी मात्र होइनन्, वृद्धवृद्धा, अपांगता भएकाहरू र अशक्त–बिरामीहरूसमेत सहभागी भइरहेका छन्। यहीबिच, मकवानपुरको मनहरीमा एकजना किरियापुत्रीले मतदान गरेका हुन्।

स्थानीय युवा राममणि न्यौपानेका अनुसार बिहीबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रियामा यहाँका २८ वर्षीय उपेन्द्र छत्कुलीले मतदान गरेका हु्न्। मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत मनहरीको बालज्योति मावि मतदान केन्द्रबाट उनले मतदान गरेको न्यौपानेले जानकारी दिए ।

उनका अनुसार केही दिनअघि छत्कुलीकी आमाको निधन भएको थियो। छत्कुलीले निर्वाचनबाट आफ्नो जनप्रतिनिधि छान्ने अधिकारको उपयोग गरेको मतदानपछि प्रतिक्रिया दिएको न्यौपानेले बताए।

सुझावित समाचार