कैलाली कारागारका २६ जना कैदीबन्दीले गरे मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

कैलाली जिल्ला कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेका २३ जना पुरुष र तीन महिला कैदीबन्दीले कारागारभित्र रहेको अस्थायी मतदान केन्द्रमा मतदान गरेका हुन् ।

कैलाली कारागारमा ५१२ जना कैदीबन्दी रहेका छन् । त्यसमध्ये ३० जना कैदीबन्दी मतदाता रहेको कारागारमा रहेको अस्थायी मतदान केन्द्रका मतदान अधिकृत शिवराज जोशीले जानकारी दिए । मतदाताको सूचीमा नाम रहेकामध्ये तीन कैदीबन्दी कारागारमुक्त भइसकेका र एक कैदीबन्दीको अन्यत्र कारागारमा सरुवा भएको उनले बताए ।

कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउँछन् । कैलालीमा जिल्ला कारागारसहित चार ठाउँमा अस्थायी मतदान केन्द्र राखिएका छन् । धनगढी, गोदावरी नगरपालिकाको अत्तरिया तथा टीकापुरमा अस्थायी मतदान केन्द्र राखिएको छ ।

सुझावित समाचार