मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान सात बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँकतै अप्रिय घटना नभएको मकवानपुरकी मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । 

उनका अनुसार सबै मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति उत्साहजनक रहेको खबर छ । ‘अहिलेसम्म मकवानपुरमा कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना भएको छैन । सबै ठाउँमा शान्त वातावरणमा मतदान भइरहेको छ,’ अधिकृत श्रेष्ठले नयाँ पत्रिकासँग भनिन्। 

मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्दै छन् । दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता छन् । 

जिल्लाभर महिला मतदाताको संख्या एक लाख ५३ हजार ३७६, पुरुष मतदाताको संख्या एक लाख ६१ हजार ९५३ र अन्य पाँचजना रहेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

See More On

सुझावित समाचार