लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मतदान गरेका छन् । आचार्यले अर्घाखाँचीमा मतदान गरेका छन्। । उनले आज बिहान सन्धिखर्क नगरपालिका– ९ मा रहेका अर्घा रजस्थल माध्यमिक विद्यालय (क) केन्द्रमा पुगेर पहिलो मत खसालेका छन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले लोकतन्त्रको सुदृढीकरणका लागि सबै नागरिकले मतदानमा सहभागी हुनुपर्ने बताए