टी २० विश्वकपः दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

टी २० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई न्युजिल्यान्डले पराजित गरेको छ। मुम्बईमा भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिका ९ विकेटले पराजित भयो। 

टस जितेर पहिला बलिङ गरेको न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई १६९ रनमा रोकेको थियो। जवाफी ब्याटिङमा न्युजिल्यान्डले १२.५ ओभरमै लक्ष्य पूरा गरेको हो। सहज जितका लागि दक्षिण अफ्रिकाका ओपनर फिन एलेनले ३३ बलमै अविजित शतक बनाए।

न्युजिल्यान्ड दोस्रोपटक टी २० विश्वकपको फाइनलमा पुगेको हो। उसले अहिलेसमम टी २० विश्वकप जितेको छैन। 

विश्वकपको दोस्रो सेमिफाइनल खेल बिहीबार भारत र इग्ल्यान्डबिच कोलकातामा हुनेछ। 

सुझावित समाचार