महोत्तरीमा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

महोत्तरीमा शंकास्पद वस्तु फेला परेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास र धनुषाको लालगढ जोड्ने रातो पुलमा दिउँसो करिब ३ बजेतिर शंकास्पद वस्तु भेटिएको हो।

पुलमाथि शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त वस्तु करिब २ घण्टापछि गोरखनाथ गणको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

सुझावित समाचार