नवलपुरको गैँडाकोट नगरपालिका– ४, इँटाभट्टामा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नै घरकाे सवारीसाधनमा आगो लगाएका छन्। ७५ वर्षीय बाबु टोपबहादुर थापा र ४१ वर्षीय छोरा नारायण थापाबिच झगडा हुँदा छोराले घरमा रहेका प्रदेश २–०३–००१ त ३१९३ नम्बरको ट्रयाक्टर र लु.२८प ७०३० नम्बरको मोटरसाइकलमा आगो लगाएको नवलपुर प्रहरीले जनाएको छ ।
गएराति करिब १२ बजे भएको उक्त आगलागी इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मण गिरीको टोली र दमकलले १५ मिनेटभित्रै नियन्त्रणमा लिएको थियो। आगलागीबाट दुवै सवारीसाधन पूर्ण रूपमा क्षति भएका छन् भने मानवीय र पशु चौपायाको क्षति भएको छैन। आगजनी गर्ने नारायण थापा हाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।