रुपन्देही २ का स्वतन्त्र उम्मेदवार निकोलसले गरे रास्वपाका सुलभलाई समर्थन

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका डाक्टर कमल (निकोलस) भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेललाई समर्थन गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै भुसालले नेपालको राजनीति नयाँ दिशातर्फ अग्रसर हुनुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई आत्मसात गर्दै जेन–जी पुस्ताले उठाएका पारदर्शिता, जवाफदेहिता, सुशासन र प्रणालीगत सुधारका मागहरूलाई केन्द्रमा राखेर दिएको स्वतन्त्र उम्मेदवारी औपचारिक रूपमा निष्क्रिय गरेको जनाएका छन्।

नयाँ–नयाँको लडाइँमा पुराना शक्ति पुनर्स्थापित हुने र फेरि प्रतिगमन नै हावी हुने अवस्था देखेर यस्तो निर्णय लिएको भुसालले बताएका छन्। 

‘देशमा पुराना शक्तिहरूको दोहोरिएको वर्चस्वले अपेक्षित परिवर्तन सम्भव नहुने यथार्थलाई स्वीकार गर्दै अब वैकल्पिक राजनीतिक शक्तिलाई सशक्त बनाउनु अपरिहार्य भएको निष्कर्षमा पुगेको छु। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेललाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छु,’ विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार