नगरकोटबाट फर्कँदै गरेको कार भक्तपुरमा दुर्घटना

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

भक्तपुरको चाँगुनारायण नगरापलिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनअगाडि सोमबार कार दुर्घटना भएको छ ।

    नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको गाडी सडकबाट करिब २ सय मिटर तल खसी दुर्घटना भएको हो । सो कारमा सवार ५ जनामध्ये ४ जना घाइतेका भएका छन् । 

    सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली उद्धार कार्यमा खटिएको छ । उद्धारपश्चात घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। 

सुझावित समाचार