रामेछाप दुर्घटनाः प्रहरीका असइको मृत्यु, सात कर्मचारी घाइते

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा नेपाल प्रहरीका एक असइको मृत्यु भएको छ। दुर्घटनामा ७ जना कर्मचारी घाइते भएका छन्।

दुर्टनामा परी प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ। उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ । उनीहरूमध्ये ३ जना गाडीबाट हाम फालेका थिए ।

रामेछाप नगरपालिका २ स्थित सिरुबारीमा मन्थलीबाट मतदान केन्द्र कालिका देवी मावि र देउराली माविको निर्वाचन सामग्री लिई कर्मचारीसहित जाँदै गरेको सवारीसाधन सडकबाट करिब दुई सय मिटर तल झरेको थियो। 

घाइतेको उद्धार गर्दै सशस्त्र प्रहरी 

रामेछाप प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी मन्थली अस्प्ताल लगिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपत् उद्धार बेस खुर्कोटबाट सइ रमेशबहादुर थापाको कमान्डमा ११ जनाको टोली त्यहाँ खटिएको छ। 

सुझावित समाचार