दोलखामा एसएसपी राठौरलाई खटाइयो

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी प्रधान कार्यालयले दोलखा जिल्लामा एसएसपीलाई खटाएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण भएकाले दोलखामा उच्च अधिकारीको कमान्डमा प्रहरी परिचालन गरिएको हो। 

दोलखामा एसएसपी सोमन्द्रसिंह राठौरलाई खटाइएको छ। उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्। उनी आइतबारदेखि दोलखा पुगिसकेका छन्। 

दोलखा जिल्लामा विगतका निर्वाचनमा हिंसात्मक घटना हुने भएकाले यसपटक उच्च अधिकारीलाई जिल्लामा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखामा डिएसपीको कमान्ड हुने गर्दछ। 

झडप हुने मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखी त्यहाँ सिनियर प्रहरी अधिकृतलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 
 

सुझावित समाचार