जिल्ला प्रशासन कार्यालय बाँकेले १५–२१ फागुन रातको १२ बजेसम्म मादक पदार्थको बिक्री–वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाएको छ। बाँके प्रशासनले प्रतिनिधिसभा निर्वाचनको मतगणना नसकिँदासम्म मादक पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाएको जनाएको छ।
‘१५ फागुनदेखि मतगणना नसकिँदासम्म मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवन नगर्न–नगराउन सूचित गरिन्छ,’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङद्वारा जारी सूचनामा उल्लेख छ। मादक पदार्थ बिक्री–वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने उनले बताए। ‘सूचनाको बर्खिलाप गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ,’ उनले भने।
यसअघिका निर्वाचनमा पनि बाँके प्रशासनले मदिरा बिक्री–वितरण, ओसारपसार र सेवनमा रोक लगाउँदै आएको उनले बताए। ‘निर्वाचनलाई सभ्य र शान्त वातावरणमा सम्पन्न गर्न मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाउन परेको हो,’ उनले नयाँ पत्रिकासँग भने।