आइसिसी क्रिकेट विश्वकप लिग- २ का लागि क्यानले २० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको आगामी शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्दै तयारी सुरु गरेको जनाएको छ।

टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपकप्तानको जिम्मेवारीमा रहेका छन्। यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरूलाई पनि अवसर दिइएको छ।

बन्द प्रशिक्षणका लागि रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहव आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी छन् ।

क्यानका अनुसार बन्द प्रशिक्षणमा खेलाडीहरूको फिटनेस, रणनीतिक तयारी तथा टोली संयोजनमा विशेष ध्यान दिइनेछ। प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिनेछ।

सुझावित समाचार