मोरङमा राजमार्ग किनारमा एक वृद्ध मृत फेला

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित ठडिया चोकनजिक कवाडी संकलन गरेर जीवन गुजार्दै आएका एक वृद्ध मृत फेला परेका छन्। सुन्दरहरैँचा– ७ का स्थानीय ६५ वर्षीय लोकबहादुर भुजेल शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

ठडिया चोकबाट करिब पाँच सय मिटर पूर्वतर्फ सडक किनारमा शुक्रबार बिहान करिब साढे ११ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक भुजेलको दुवै खुट्टामा चोट देखिएको र घटनास्थलको अवस्था हेर्दा सवारीसाधनको ठक्करबाट मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीयका अनुसार भुजेल एक्लै बस्दै आएका थिए। उनी प्लास्टिक, बोतल र कागज संकलन गरी कबाडीमा बिक्री गरेर जीविका चलाउँथे। वृद्धलाई दुर्घटना गरेर फरार भएको सवारीको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।
 

सुझावित समाचार