साम्बालाई डोभको १५ लाख सहयोग

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

 युनिलिभर नेपाल लिमिटेडअन्तर्गतको डोभले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

घुँडाको चोटबाट गुज्रिएको साम्बाको उपचार तथा पुनस्र्थापनाका लागि यो सहयोग गरेको हो । ‘यो सहयोग उनले यस अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने डोभको साथ र प्रतिबद्धताको प्रतीक हो,’ कम्पनीले भनेको छ । चोटले खेलाडीलाई मैदानबाट टाढा राख्न सक्ने, तर त्यसले उनीभित्रको साहसलाई जगाउने कम्पनीले उल्लेख गरेको छ । 

See More On

सुझावित समाचार