मितेरी पार्टीका उम्मेदवार सियाराम राना नेकपा प्रवेश

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मितेरी पार्टी नेपालका उम्मेदवार सियाराम राना नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। २७ वर्षीय जेन-जी उम्मेदवार राना बुधबार नेकपा प्रवेश गरेका हुन्।

नेकपा केन्द्रीय सदस्य जीवनराज थापाले रानासहित दर्जनौँ नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेको बताए। लालझाडी गाउँपालिका– ३ का स्थानीयसमेत रहेका रानाले क्षेत्रको विकासका लागि आफूबाटभन्दा नेकपा उम्मेदवार बिना मगरबाट धेरै काम हुने भएकाले नेकपामा प्रवेश गरेको बताए।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार देपेन्द्रबहादुर शाहीसहित ५१ नेता कार्यकर्ता नेकपा प्रवेश गरेकै दिन मितेरीका उम्मेदवारसमेत नेकपामा भित्रिएका हुन्।

सुझावित समाचार