सामसङ स्मार्ट फोन प्रि–बुकिङ गर्दा २१ हजारसम्म बचत

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

सामसङले लन्च गर्न लागेको ग्यालेक्सी स्मार्ट फोनका लागि विशेष ‘ह्यान्ड रेजर’ (प्रि–बुकिङ) अफर घोषणा गरेको छ । अफरअन्तर्गत ग्राहकले अग्रिम बुकिङमा अधिकतम २० हजार नौ सय ९९ रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहक तथा ब्रान्डप्रति रुचि राख्ने प्रयोगकर्तालाई लक्षित गरी यो अफर ल्याइएको हो । सीमित अवधिको यस अफरमा पुरानो स्मार्ट फोन साटेर नयाँ उपकरण प्रि–रिजर्भ गर्न सकिने कम्पनीले जनाएको छ । 

प्रि–बुकिङ गर्ने ग्राहकले १ टेराबाइटसम्मको मेमोरी अपग्रेड सुविधा (१५ हजार रुपैयाँबराबर) तथा ६० वाट क्षमताको फास्ट चार्जर (पाँच हजार ९९९ रुपैयाँबराबर) प्राप्त गर्नेछन् । यो एक्सचेन्च सुविधा ग्यालेक्सी एस २३, एस २४ तथा एस २५ सिरिज उपकरणका साथै आई–डिभाइस १४, १५ र १६ मोडेलका प्रिमियम स्मार्ट फोनहरूमा उपलब्ध हुने बताइएको छ । 

‘ह्यान्ड रेजर’ अफर फेब्रुअरी २३ देखि २६, २०२६ सम्म मात्र लागू हुनेछ । यस अवधिमा ग्राहकले दर्ता गरी आफ्नो उपकरण साटेर एआई सञ्चालित स्मार्ट फोन विशेष मूल्यमा प्रि–बुकिङ गर्न सक्नेछन् । ग्राहकले सामसङको अभियान वेबसाइटमा गएर ‘ह्यान्ड रेजर’ अफर छनोट गरी आफ्नो विवरण भरेर तथा साटासाट दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

सुझावित समाचार