काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभिकेएसएस) र आयोजक तेजस्वी एकेडेमी प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’मा केभिकेएसएसले मानसिंहलाई २१–१४ ले पराजित गर्दै समूह विजेता बन्यो ।
मानसिंह पनि समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो । पुरुषतर्फ हिमालयले रोजमेरीलाई ३६–२५ ले हरायो । ह्वाइट हेभेनले रिलायन्सलाई २५–१७ र एन्जल्स हार्टले सेबलाई ५६–४५ ले पाखा लगाए ।