आइसिसी पुरुष टी–२० विश्वकप २०२६ : पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

दुईपटकको विजेता इंग्ल्यान्ड १०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकपअन्तर्गत सुपर ८ को समूह २ बाट चार अंक जोड्दै इंग्ल्यान्ड अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो । प्रतियोगिताको मंगलबार श्रीलंकाको केन्डीमा पाकिस्तानले पहिलो ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले १९.१ ओभरमा आठ विकेटको क्षतिमा १६६ रन जोड्यो । 

पाकिस्तानमाथिको दुई विकेटको जितसँगै इंग्ल्यान्डले दुई खेलबाट चार अंक जोडेको हो । समूह ‘२’ मा पाकिस्तानले दुई खेलबाट एक अंक जोडेको छ ।इंग्ल्यान्डविरुद्ध पाकिस्तानले उत्कृष्ट सुरुवात गर्‍यो । तर, इंग्ल्यान्डका कप्तान ह्यारी ब्र्रुकले ५१ बलमा सय रनको शतकीय योगदान दिँदा पाकिस्तान खेलमा फर्कन सकेन । ब्रुकले इंग्ल्यान्डको जित आधार बनाउँदै १० चौका र चार छक्का प्रहार गरे । यसैगरी, विल ज्याक्सले २३ बलमा २८ रन बनाए । पाकिस्तानका लागि साहिन साह अफ्रिदीले चार ओभरमा ३० रन खर्चेर चार विकेट लिएका थिए । 

फरहानको अर्धशतकीय
पालेकेलेको मैदानमा पाकिस्तानले सुरुवाती ब्याटिङ राम्रो रहेन । इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरले ओपनर सैम आयुब र कप्तान सलमान आघाको विकेट जेमिए ओभर्टनले लिँदा पाकिस्तान ३.३ ओभरमा २७÷२ को कमजोर अवस्थामा रह्यो । ओपनर सहिजादा फरहान र पूर्वकप्तान बाबर आजमले तेस्रो विकेटका लागि ४४ बलमा ४६ रनको साझेदारी गर्दै टोलीलाई सुदृढ अवस्थामा राखे । पाकिस्तानको ब्याटिङमा फरहानले मात्र अर्धशतकीय योगदान दिएका थिए । उनले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ६३ रनको योगदान दिए । 

सुझावित समाचार