ओमानविरुद्ध अस्ट्रेलिया नौ विकेटले विजयी

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

पूर्वविजेता अस्ट्रेलियाले १०औँ संस्करणको टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबार आफ्नो अन्तिम खेलमा एसोसिएट राष्ट्र ओमानमाथि सानदार १० विकेटको जित निकालेको छ । श्रीलंकाको पालेकेले रंगशालामा समूह ‘बी’कै अन्तिम खेलमा पहिलो ब्याटिङ गरेको ओमानले १६.२ ओभरमा सबै विकेट गुमाएर एक सय चार रनको झिनो योगफल खडा गरेको थियो । 

प्रत्युत्तरमा अस्ट्रेलियाले केवल ९.४ ओभरमा एक विकेटको क्षतिमा एक सय आठ रन बनाएर सानदार जित निकाल्यो । विश्वकपको समूह चरणबाटै बाहिरिसकेको अस्ट्रेलियाले चार खेलमा समान दुई जित र हार सामना गरेको छ । श्रीलंका र जिम्बावेसँग पराजित हुँदा अस्ट्रेलिया दोस्रोपटक विश्वकपबाटै बाहिरिएको हो । समूह चरणकै अन्तिम खेलमा अस्ट्रेलियाका लागि ओपनर तथा कप्तान मिचेल मार्स र टेभिस हेडले पहिलो विकेटका लागि ८.१ ओभरमा ९३ रन जोडेका थिए । हेड सकिल अहमेदबाट कट एन्ड बोल्ड भए । हेडले १९ बलमा ६ चौका प्रहार गरी ३२ रन बनाए । मार्सले ३३ बलमा चार छक्का र सात चौका प्रहार गरी सर्वाधिक ६४ रन जोडे । जोस इग्लिसले ६ बलमा १२ रन बनाए । 

यसअघि ब्याटिङ गरेको ओमानविरुद्ध स्पिनर एडम जाम्पाले घातक बलिङ गरे । उनले ३.२ ओभरमा २१ रन खर्चेर चार विकेट लिए । जाभियरले २७ रन दिएर दुई विकेट र ग्लेन म्याक्सवेलले पनि दुई नै विकेट हात पारे । 

ओमानका लागि पाँचौँ क्रमका ब्याट्सम्यान वासिम अलीले सर्वाधिक ३२ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका प्रहार गरेका थिए । ओपनर अमिर कालिम सामना गरेको बलमै आउट भए । जातिन्दर सिंहले १५ बलमा १७ रन तथा हमाद मिर्जाले १३ बलमा १६ रन जोडेका थिए ।

सुझावित समाचार