४१ दलले बुझाए घोषणापत्र : २२ दलको घोषणापत्र अझै आयोगको रेकर्डबाहिर

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगको निर्देशनअनुसार ४१ राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाएका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५७ र निर्वाचन आचारसंहिताको दफा ३७ मा दल तथा उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्ने व्यवस्था छ ।

समानुपातिकतर्फ ५७ निर्वाचन चिह्नमार्फत ६३ दलले सहभागिता जनाएका र तीमध्ये ४१ दलले घोषणापत्र बुझाइसकेको तथा अझै २२ दलले नबुझाएको सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । सहायक प्रवक्ता पुनका अनुसार प्रत्यक्षतर्फ ६३ दलका तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फका धेरै उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र बुझाएकाले एकीकृत तथ्यांक तयार भइसकेको छैन ।

आयोगले २७ माघमा दल तथा उम्मेदवारलाई निर्वाचन घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार ४१ दलले घोषणापत्र सार्वजनिक गरी आयोगलाई जानकारी गराएको दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवाफदेही बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । 

आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव यज्ञ भट्टराईले दल तथा उम्मेदवार घोषणापत्रकै आधारमा मतदातामाझ जानुपर्ने उद्देश्यले निर्देशन जारी गरिएको बताए । ‘राजनीति दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा घोषणपत्रका आधारमा आफ्ना नीति–कार्यक्रम लिएर मतदातामाझ जानुपर्छ भन्ने मुख्य उद्देश्य हो । त्यसैले मतदाताले पनि दलका नीति–कार्यक्रम के छन्, तिनका मूल्यांकनका आधारमा मतदान गरून् भनेर घोषणापत्र सार्वजनिक गर्ने र आयोगमा बुझाउने भनिएको हो,’ उनले भने । 

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव यज्ञ भट्टराई भन्छन्– राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा घोषणापत्रका आधारमा आफ्ना नीति–कार्यक्रम लिएर मतदातामाझ जानुपर्छ भन्ने मुख्य उद्देश्य हो । त्यसैले मतदाताले पनि दलका नीति–कार्यक्रम के छन्, तिनका मूल्यांकनका आधारमा मतदान गरून् भनेर घोषणापत्र सार्वजनिक गर्ने र आयोगमा बुझाउने भनिएको हो ।

 यी हुन् घोषणापत्र बुझाउने दल
राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी, समावेशी समाजवादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेकपा (माओवादी), नागरिक उन्मुक्ति पार्टी, त्रिमूल नेपाल, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल जनता पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेकपा (माले), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेसनल रिपब्लिक नेपाल, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेकपा, रास्वपा, नेकपा (संयुक्त), राष्ट्रिय जनमुक्ति पार्टी, उज्यालो नेपाल, नागरिक सर्वोच्चता पार्टी नेपाल, नेमकिपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनादेश पार्टी नेपाल, जय मातृभूमि पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाल मातृभूमि पार्टी, जनता समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली जनश्रमदान संस्कृति पार्टी, आम जनता पार्टी, प्रलोपा, नेपाल लोकतान्त्रिक पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, सार्वभौम नागरिक पार्टी, पिपुल फस्र्ट पार्टी, नेपाली जनता दल

सुझावित समाचार