बढ्दो वायु प्रदूषणलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्सले ब्ल्याक प्लस डेकरका एयर प्युरिफायर बजारमा उपलब्ध गराउन थालेको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण बन्दै गइरहेको छ ।विशेष गरी हिउँदे सुक्खायाममा वायु गुणस्तर सूचकांक अस्वस्थकरको स्तरमा पुगिरहेकाप्रति कम्पनीले यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ । बदलिँदो मौसम, धुलो र धुवाँका कारण आमनागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर सजगता अपनाउन अनुरोध गरिएको छ ।
ग्राहकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरभित्रको प्रदूषण व्यवस्थापनका लागि भरपर्दो र प्रभावकारी समाधानका रूपमा ब्ल्याक प्लस डेकरको एयर प्युरिफायर ल्याएको कम्पनीको भनाइ छ । बाहिरको प्रदूषित हावा र एः२.५ जस्ता सूक्ष्म कणहरूबाट बच्न सामान्य भेन्टिलेसन मात्र पर्याप्त हुँदैन । यसै आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको ब्ल्याक प्लस डेकरको एपी ३५६०–बी ५ एयर प्युरिफायरले आकर्षक डिजाइन र शक्तिशाली तीन चरणको फिल्टरेसन प्रणालीको संयोजनमार्फत हावामा शुद्धता र ताजगी सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
यसमा जडान भएको प्रि–फिल्टर प्रणालीले धुलो, कपाल र घरपालुवा जनावरको रौँजस्ता ठुला कणलाई कैद गर्ने बताइएको छ । यसले भित्र रहेका गहिरा फिल्टरलाई सुरक्षित राख्नुका साथै तिनीहरूको आयु पनि बढाउने कम्पनीले उल्लेख गरेको छ । यस्तै, हेपा १३ फिल्टर ‘ट्रु हेपा’ फिल्टरले हावामा रहेका ०.३ माइक्रोनसम्मका ९९.९७ प्रतिशत सूक्ष्म कण सोस्ने क्षमता राख्ने बताइएको छ ।
ग्राहकको स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर ल्याइएका यी एयर प्युरिफायरहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका सोरुम र आधिकारिक विक्रेतामार्फत सहजै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।