टी २० विश्वकपमा पाकिस्तानका खेलाडी शहिबजादा फरहानले शतक प्रहार गरेका छन्। नामिबियाविरुद्धको खेलमा उनले उनले शतक प्रहार गरेका हुन्। उनले ५७ बलमा शतक प्रहार गरे।
जारी विश्वकपमा यसअघि श्रीलंकाका पाथुम निसांका र क्यानडाका युभराज सम्राले शतक प्रहार गरेका थिए।
फरहानको शतकको मद्दतमा पाकिस्तानले नामिबियालाई २०० रनको लक्ष्य दिएको छ। आजको खेल जितेमा पाकिस्तान समूह ए बाट सुपर ८ मा पुग्नेछ।