टिपरको ठक्करबाट स्कुटरचालकको मृत्यु भएपछि बनेपामा स्थानीयले टिपरमा आगजनी गरेका छन्। विरोधमा उत्रिएका स्थानीयले सडक अवरुद्ध गर्दै टिपरमा आगजनी गरेका हुन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। दुर्घटनामा मृत्यु हुने युवक खड्पुका ओमन प्रधान भएको खुलेको छ।
बागमती प्रदेश ०१ ००४ क ३४२३ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको हो । लामो समय सडक अवरुद्ध हुँदा यात्रुहरूले दुःख पाएका छन्।