अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई फरार अभियुक्त पक्राउ परेका छन्। पर्साको बहुदरमाई- ८ का ६० वर्षीय मनोज साह कानुलाई इलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरेको हो।
जिल्ला अदालत, पर्साले अपहरण मुद्दामा उनलाई २५ माघ २०६७ मा नौ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला सुनाएको थियो। फरार भएको १५ वर्षपछि प्रहरीले उनलाई गाउँबाटै पक्राउ गरेको हो।
फैसला कार्यान्वयनका लागि अभियुक्त कानुलाई जिल्ला अदालतमा बुझाइएको इप्रका पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।