एनआइसी एसिया बैंकले ‘एनआइसी एसिया साथी घरकर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजनाअन्तर्गत सात वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवासहित १० करोडसम्म रुपैयाँसम्म घरकर्जा उपलब्ध हुनेछ ।
बैंकका अनुसार घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न एवं घडेरी खरिद गर्न न्यूनतम २५ लाखदेखि अधिकतम १० करोडसम्म कर्जा दिइनेछ । कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ ।
पहिलोपटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ । साथै, घरकर्जा लिने ग्राहक महानुभावले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन् ।