कांग्रेस र एमालेले ६ फागुनमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

कांग्रेस र एमालेले ६ फागुनमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन् । कांग्रेसले जनकपुरमा आयोजित चुनावी सभाबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेले पनि सोही दिन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीले समग्र क्षेत्रको सम्बोधन गर्ने गरी प्रतिज्ञापत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको बताए । एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले मस्यौदा लेखनको काम सकिए पनि तत्कालका लागि अध्यक्ष केपी ओलीको समय नमिलेकाले ६ गते मात्र सार्वजनिक गर्ने तयारी रहेको बताए । 

सुझावित समाचार