निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकी ढुवानी तयारी गरेको जनाएको छ।
हालसम्म १ करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भइसकेको छ भने करिब ११ लाख ९९ हजार मतपत्र छाप्न बाँकी छ।
१० जिल्लाको मतपत्र छपाइ सम्पन्न भए पनि प्याकिङ बाँकी रहेको छ। हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ।
मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा भइरहेको छ। आयोगले दुई दिनभित्र सबै मतपत्र छपाइ सकी ढुवानी तयारी पूरा गर्ने जनाएको छ।