बिचौलियाको दबदबाब बढेकोमा अख्तियारको चिन्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले दिएका सुझावलाई कार्यान्वायन नगरेकोमा असन्तुष्टि जनाएका छन्। आयोगको ३५ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय सुझावहरू दोहोर्याएर दिनुपरेको बताए ।
रामेछाप बस दुर्घटना क्षतिपूर्तिको मागसहित दिनभर आन्दोलन, तीन राउन्ड हवाई फायर
रामेछापमा यात्रुवाहक बस दुर्घटनामा मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका पीडितहरूले आज दिनभर सडक बन्द गराएका छन्।
पीडित परिवारले अहिले साँझपख जिल्ला प्रशासन कार्यालयको मूल गेट घेराउ गरी नाराबाजी गरिरहेका छन्। सो क्रममा प्रहरीले तीन राउन्ड हवाइ फायर गरी केही सेल अश्रुग्यास हानेको छ। प्रशासन कार्यालयअगाडिको अवस्था तनावपूर्ण बनेको छ।
नेपालमा पहिलोपटक अर्धवृत्ताकार मन्दिर भेटियो
नेपालमा पहिलोपटक अर्धवृत्ताकर शैलीको मन्दिर भेटिएको छ। कपिलवस्तुको तिलौराकोटका यस्तो मन्दिर भेटिएको हो। पुरातत्त्व विभागले अन्तर्राष्ट्रिय पुरातत्वविद्समेतको सहयोगमा गरेको उत्खननमा मन्दिर फेला पारेको हो। बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विभागले यससम्बन्धी विवरण सार्वजनिक गरेको हो।
सह–परीक्षा नियन्त्रकलाई ६ महिना कैद
विद्यावारिधिको योग्यता ढाँटेको भन्दै विशेष अदालतले एक मुद्दाका प्रतिवादीलाई दोषी ठहर गरेको छ। बुधबार विशेषले त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंलाई सजाय सुनाएको हो।
विशेषले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको मुद्दामा प्रसाईंलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। साथै, ४ सय रुपैयाँ अपराधपीडित संरक्षण कोषमा भराउनसमेत भनिएको छ।
पोखरा पुगेर रविले भने– पार्टी सदस्यता पूजा कोठामा राखेर रास्वपालाई भोट दिनुस्
२१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै चुनावी अभियानमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार पोखरा आइपुगेका छन्। सडक मार्ग हुँदै पोखरा आएका लामिछानेलाई पोखराको तालचोकमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारणलगायतले भव्य रूपमा स्वागत गरेका थिए।
भरत ताल बनाउने बागमतीका मेयर थापाविरुद्ध पाँचौँ मुद्दा, ५८ करोड ६२ लाख बिगो
सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरत थापाविरुद्ध पाँचौँ मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार थापासहितलाई प्रतिवादी कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
निगमको टेकुस्थित पुरानो कार्यालयबाट ग्यास बिक्री सुरु (भिडियोसहित)
नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालयबाट ग्यास आपूर्ति सहज गराउन बुधबारबाट नेपाल, एभरेस्ट र सुगम ग्यासको बिक्री–वितरण थालेको छ । ग्यास नपाएका उपभोक्ताले बिहान १० देखि साँझ ५ बजेसम्म सोही ठाउँमा गएर ग्यास किन्न पाउनेछन् ।
उच्चपदस्थलाई धम्क्याउने प्रकाश पाठकलाई फिलिपिन्समा पक्राउ गरी नेपाल ल्याइयो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतलाई धम्क्याउने प्रकाश पाठकलाई नेपाल प्रहरीले फिलिपिन्समा पक्राउ गरी नेपाल ल्याएको छ। इन्टरपोलको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याएको हो।
म्याग्दी हुँदै पूर्वी रुकुम जोड्ने वैकल्पिक मार्ग बन्छ:प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले म्याग्दी हुँदै पूर्वी रुकुम जोड्ने वैकल्पिक लोकमार्ग बन्ने बताएका छन्। स्थलमार्ग हुँदै आफ्नो निर्वाचन क्षेत्र जाने क्रममा बुधबार म्याग्दी आएका प्रचण्डले सदरमुकाम बेनीमा आयोजना गरेको चुनावी विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
६ फागुनबाट भरतपुर विमानस्थलमा आयल निगमले हवाई इन्धन सेवा दिने
आयल निगमले भरतपुर विमानस्थलमा ६ फागुनदेखि हवाई इन्धन कार्यालय सञ्चालन गर्ने भएको छ। हवाई इन्धन कार्यालय स्थापना गर्न भरतपुर विमानस्थल र आयल निगमबिच बुधबार सहमतिपत्रमा हस्ताक्षर भएको हो।