नवलपुरमा बेवारिसे भरुवा बन्दुक फेला

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

नवलपुरको बुलिङटारमा एक थान भरुवा बन्दुक फेला परेको छ। प्रहरी चौकी बुलिङटारको टोलीले गस्ती गर्ने क्रममा बुलिङटार गाउँपालिका– १, कोलडाँडास्थित बारीको कान्लामा स्याउलाले छोपेर राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । 

उक्त बन्दुक प्रहरी चौकी बुलिङटारमा राखिएको नवलपुर प्रहरीले जनाएको छ। यसअघि निर्वाचनको सुरक्षालाई लक्षित गरी नवलपुरमा प्रशासनले हातहतियार बुझाउन अनुरोध गरेको थियो ।

सुझावित समाचार