पुँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत नक्साल, नारायणचौरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कम्पनी ०६६ साल माघ २३ मा स्थापना भएको थियो ।
हालसम्म आइपुग्दा व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहककेन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल रहेको कम्पनीले जनाएको छ । कम्पनीले बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले विभिन्न लगानी तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।