राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य बिमासम्बन्धी समस्या उठाइएको छ । बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले स्वास्थ्य बिमाको भुक्तानी र व्यवस्थापनको विषयमा सरकारको जवाफ माग गरेकी छिन् ।
उनले अस्पताल तथा विभिन्न संस्थाले स्वास्थ्य बिमाको रकम नपाएको भन्दै समाचारहरू आइरहेको उल्लेख गरिन् । यस विषयमा प्रधानमन्त्रीले समेत चासो देखाएको कुरा सुनिएको भन्दै दाहालले वास्तविक अवस्था के हो भन्नेबारे संसद्लाई जानकारी गराउन सरकारसँग आग्रह गरिन् ।
स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन र व्यवस्थापनमा देखिएका समस्याबारे स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो ।