बैतडी बस दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बस दुर्घटनामा ज्यान गुमाउने १३ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले  शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् । बिहीबार बझाङबाट जन्ती लिएर गएको गाडी बैतडीमा दुर्घटना भएको थियो । 
 

सुझावित समाचार