वेस्ट इन्डिजमाथि अफगानिस्तान २३ रनले विजयी

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार भएको अभ्यास खेलमा अफगानिस्तानले दुईपटकको पूर्वविजेता वेस्ट इन्डिजविरुद्ध २३ रनको जित निकालेको छ ।

पहिलो ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । प्रत्युत्तरमा वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा १५९ रन जोड्यो । अफगनिस्तानको ब्याटिङमा इब्राहिम जर्दानले ३४ बलमा ५१ तथा ओमाजीले १५ बलमा ३५ रनको योगदान दिए ।

वेस्ट इन्डिजका लागि म्याथु फोडेले २६ बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ५२ रन जोडेका थिए । यसैगरी, नामिबियाले स्कटल्यान्डलाई ६ रनले हराएको छ । नामिबियाले पहिलो ब्याटिङ गरी २० ओभरमा २२६ रन बनाएको थियो । स्कटल्यान्डले २० ओभरमा पाँच विकेटको क्षतिमा २२० रन जोड्यो । 

See More On

सुझावित समाचार