ताँजाकोटका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित चारमाथि भ्रष्टाचार मुद्दा

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

हुम्लाको ताँजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चारजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०७६ सालकाे विभिन्न मितिमा स्वास्थ्य शाखाको औषधि तथा उपकरण खरिद गर्दा एक लाख ९१ हजार ८५० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बुधबार मुद्दा दर्ता गरेको हो।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङ्कु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका सञ्चालक कृष्णकुमार भुजुवाले मिलेमतोमा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

उनीहरुले खरिद नै नगरेको औषधि तथा उपकरणहरू खरिद गरी कार्यालयमा दाखिला गरेको देखाएको, एउटै सामानको लागि फरक-फरक मितिमा माग फारम तथा खरिद आदेश तयार गरी फरक-फरक फार्माबाट खरिद गरेको बिल बनाएको आरोपपत्रमा उल्लेख छ।

सुझावित समाचार