प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमै निर्वाचन सम्पन्न गराउन सरकार लागिपरेको बताएकी छिन् । मंगलबार राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा भाग लिन नवलपरासी पुगेकी उनले सञ्चारकर्मीसँग बोल्दै हिमाली क्षेत्रमा मौसमका कारण हुनै नसक्ने अवस्था आयो भने अर्काेपटक गराउने गरी विचार गरिने बताइन् ।
उनले भनिन्, ‘सरकारले जसरी पनि निर्वाचन गराउँछ, कतै रोकियो भने फेरि दोबारा अर्काेपटक गराइन्छ । थोरै ठाउँ भएकोमा त साधनको प्रयोग गरी मान्छेलाई ओसारेर पनि निर्वाचन गराइन्छ । (हिमाली क्षेत्रमा) हुनै नसक्ने हो भने त्यही रूपमा विचार हुन्छ । निर्वाचनचाहिँ जसरी पनि हुन्छ ।’
नेपालीहरू ज्यादै असल भएकाले निर्वाचनमा शान्तिसुरक्षाको समस्या नहुने उनको भनाइ छ ।
भिडियोः