झापाका एमाले नेता मैनाली रास्वपा प्रवेश

मंगलबार, २० माघ, २०८२
डिजिटल संस्करण

नेकपा(एमाले)मा आबद्ध झापाका व्यवसायी अर्जुन मैनाली राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन्। मंगलबार रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई भेटेसँगै उनले एमाले छाडेर रास्वपामा प्रवेश गरेको घोषणा गरेका छन्। 

मैनाली उद्योग वाणिज्य संघ, बिर्तामोडका पूर्वमहासचिव हुन्। उनी एमालेको राजनीतिमा पनि सक्रिय थिए। 

यसअघि एमाले युवा संघका दमक अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ रास्वपा प्रवेश गरेका थिए। 

सोमबार झापा पुगेका बालेन पार्टीमा युवाहरूलाई जोड्ने अभियानमा छन्। झापा ५ बाट चुनावी प्रतिस्पर्धामा रहेका बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुन्।

सुझावित समाचार