मकवानपुर जिल्लामा अवैध रूपमा गरिएको लागुऔषध गाँजा तथा अफिम खेती फँडानी गरी नष्ट गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले माघ १६ गतेदेखि १८ गतेसम्म जिल्लाको उत्तरी भेगमा पर्ने कैलाश गाउँपालिकाका विभिन्न वडामा अभियान सञ्चालन गरेको हो।
अभियानका क्रममा कैलाश गाउँपालिका वडा नम्बर १, २, ५, ६, ७ र ८ का विभिन्न स्थानहरूमा अवैध रूपमा गरिएको गाँजा खेती करिब २ बिघा र अफिम खेती करिब १२ बिघा गरी जम्मा १४ बिघा क्षेत्रफलको खेती फँडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।