माधव नेपालको मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

आइतबार, १८ माघ, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले आज सुनुवाइ गर्ने भएको छ। विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न पौडेलको इजलासमा मुद्दाको पेसी तोकिएको छ।

पतञ्जली योगपीठको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट बिक्री गर्न दिएर अनियमितता गरेको भन्दै गत २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट जग्गा बिक्री गर्न स्वीकृति दिने निर्णय भएको थियो। 

सुझावित समाचार