सहिदहरूका बलिदानको मूल्यलाई कहिल्यै भुल्दैनौँ : ओली

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहिदहरूका बलिदानको मूल्यलाई आफूहरूले कहिल्यै नभुल्ने बताएका छन् । शुक्रबार सहिद दिवसको अवसरमा श्रद्धाञ्जली दिने क्रममा उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले लेखेका छन्, ‘आजको समयमा उभिएर हेर्दा यो दिन केवल क्यालेन्डरको एउटा मितिजस्तो लाग्छ। तर, अलि अगाडिको समय कस्तो थियो भनेर हेर्ने हो भने हामीले अहिले उपभोग गरेको स्वतन्त्रता कसरी प्राप्त भएको भन्ने थाहा पाउँछौँ।’

१९९७ मा प्रजातन्त्रको आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणाशासनले मृत्युदण्ड दिएपछि निरंकुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बिउ  रोपिएको उल्लेख गरे । 
 

सुझावित समाचार