राष्ट्रपति सीले जनरलहरूलाई गरेको बर्खास्तीको अर्थ

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण
  • पिएलएलाई ताइबान कब्जा गर्न सक्षम बनाउन चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२७ (अर्को वर्ष) लाई समयसीमा तोकेका छन्, लक्ष्यअनुरूप जनरल झाङले राम्रो नतिजा दिन नसकेकोमा राष्ट्रपतिले आफ्नो आक्रोश पोखेका हुन सक्छन्

चीनको जनमुक्ति सेनाका हाई कमान्डमा व्यापक सफाया हुँदा एक जना जनरल भने सुरक्षित देखिन्थे । उच्च कमान्डका सबैभन्दा वरिष्ठ अधिकारी झाङ युसिया चीनका राष्ट्रपति सी जिनपिङका मित्र मात्र थिएनन् । उनी लडाइँ अनुभव भएका केही सैन्य कमान्डरमध्ये प्रमुख थिए, जसले १९७९ मा भियतनामसँगको युद्धमा विशिष्टताका साथ लडेका थिए । यसले सशस्त्र सेनालाई (र सीको नेतृत्वमा) कमान्ड गर्ने ‘केन्द्रीय सैन्य आयोग (सिएमसी)’का दुई उपाध्यक्षमध्ये वरिष्ठको रूपमा उनको अधिकारलाई बलियो बनायो । केही विश्लेषकले जनरल झाङलाई हालैका केही सफाइका मास्टरमाइन्डको रूपमा हेरेका छन् । अहिलेसम्मकै सबैभन्दा नाटकीय प्रहारमा अब उनलाई पनि राष्ट्रपतिले पदच्यूत गरिएको छ ।

जनवरी २४ मा रक्षा मन्त्रालयले घोषणा गर्यो कि ७५ वर्षीय जनरल झाङ र केन्द्रीय कमिटीका अर्का सदस्य जनरल लिउ झेनलीलाई ‘गम्भीर अनुशासन र कानुन उल्लंघनको शंकास्पद’ आरोपमा अनुसन्धानमा राखिएको छ । मन्त्रालयले थप विवरण दिएको छैन । ६१ वर्षीय जनरल लिउले संयुक्त कर्मचारी विभागको नेतृत्व गर्छन् । विभागले अप्रेसन, गुप्तचर र तालिमको निरीक्षण गर्छ । सायद अझ सान्दर्भिक रूपमा भियतनामसँगको सीमा युद्धका अर्का अनुभवीको रूपमा उनको जनरल झाङसँग घनिष्ठ व्यक्तिगत सम्बन्ध रहेको मानिन्छ ।

अनुसन्धानकै कारण सीले सन् १९७६ मा माओत्सेतुङको मृत्युपछि देशको सम्पूर्ण सैन्य नेतृत्व नै झन्डै खाली गरिदिएका छन् । यद्यपि, जनरल झाङ र लिउलाई आधिकारिक रूपमा केन्द्रीय कमिटीबाट भने हटाइएको छैन । यस प्रकारको अनुसन्धानमा सामान्यतया नजरबन्दमा राख्ने पक्रिया समावेश हुन्छ र त्यसपछि नियमित रूपमा औपचारिक बर्खास्त गरिन्छ । केन्द्रीय कमिटीका अन्य चार बर्दीधारी अधिकारीलाई पहिले नै पार्टी र सैन्य पदबाट औपचारिक रूपमा बर्खास्त गरिएको छ । फलस्वरूप, लगभग २० लाखको बलियो जनमुक्ति सेनाको निरीक्षण गर्ने निकायमा अब केवल दुई सक्रिय सदस्य छन्, जनमुक्ति सेनाका अध्यक्ष सी र पिएलएका अनुशासन प्रमुख जनरल झाङ सेङमिन । सेङमिन अक्टोबरमा उपाध्यक्ष बनेका थिए ।

सत्ता सम्हालेको केही समयपछि उनले दर्जनौँ जनरलाई बर्खास्त गरे र पिएलए संरचनामा परिवर्तन गरेर व्यापक भ्रष्टाचारविरुद्धको लडाइँमा ध्यान केन्द्रित गरे । चीनको आणविक शस्त्रागार सम्हाल्ने रकेट फोर्सबाट २०२३ तिर शुद्धीकरणको नयाँ लहर सुरु भयो र पछि अन्य सेवाका साथै पिएलएका राजनीतिक विभागमा फैलियो । तैपनि, भ्रष्टाचार कायमै छ र सीका संरचनात्मक सुधार अपूर्ण छन् । पिएलएलाई ताइबान कब्जा गर्न सक्षम बनाउन सीले तोकेको अर्को वर्षको समयसीमाअघि जनरल झाङले राम्रो नतिजा दिन नसकेकोमा राष्ट्रपतिले आफ्नो आक्रोश पोखेका हुन सक्छन् ।

अर्को सम्भावना के छ भने जनरल झाङ वा उनका परिवारका सदस्यहरू विगतमा सायद भ्रष्टाचारमा संलग्न थिए, जब उनी २०१२ र २०१७ को बिचमा हतियार विकास र खरिदको लागि जिम्मेवार भ्रष्टाचार–अनुसन्धान विभागको नेतृत्व गर्थे । सीका अनुसन्धानकर्ताले आफ्नो प्रयास विस्तार गर्दा वा जनरल झाङका प्रतिद्वन्द्वीले जानकारी दिँदा पुराना आरोप पुन: लाग्न सक्थे वा नयाँ आरोप देखा पर्न सक्थे । पहिले लक्षित गरिएका केही अधिकारीलाई उनका शिष्य मानिन्थ्यो ।

तर, यी पछिल्ला शुद्धीकरण आंशिक रूपमा जनरल झाङको विस्तारित शक्तिबारे सीको चिन्ताबाट पनि प्रेरित भएको हुन सक्छ । ‘सीको सत्तामा उदयको प्रारम्भिक दिनदेखि नै चिनियाँ राजनीतिमा यो सबैभन्दा आश्चर्यजनक विकास हो,’ वासिंटनको जर्जटाउन विश्वविद्यालयका डेनिस वाइल्डर भन्छन् । वाइल्डर सिआइएका पूर्वचीन विश्लेषकसमेत हुन् । उनको विश्वास छ कि हालैका धेरै शुद्धीकरण जनरल झाङको नेतृत्वमा रहेको गुट र अर्को समूहबिचको प्रतिद्वन्द्विताको कारणले भएको थियो, जसले मुख्यतया पूर्वी चीनमा सेवा गर्दै आफ्नो करियर निर्माण गरेका थिए, जसमध्ये केही त सी त्यहाँ अधिकारी हुँदा थिए ।

जनरल झाङको गुट, जसमा प्रमुख क्रान्तिकारीका धेरै छोरा समावेश थिए, विजयी भयो । त्यसले उनलाई अभूतपूर्व अधिकार दियो । तर, यसले उनलाई सीका लागि सम्भावित खतरा पनि निम्त्यायो । ‘उनी एक कडा अपवित्र बुढो बाख्रा हुन् र जब उनले सीसँग गठबन्धन गरेका थिए, उनी कहिल्यै सीको अधीनस्थ थिएनन्,’ वाइल्डर जनरल झाङको बारेमा भन्छन् ।

जनरल झाङको सीसँगको पारिवारिक सम्बन्ध उनीहरूका बुबाहरूले देशको गृहयुद्धमा सँगै लडेको समयदेखि नै छ । जनरल झाङका बुबा पछि तीनतारे जनरल बने, सी एक नागरिक नेता बने । 

सीले २०१७ मा कम्युनिस्ट पार्टीका शीर्ष २० नेता समावेश गर्ने पोलिटब्युरोमा उनको नियुक्तिको निरीक्षण गरेर र केन्द्रीय कमिटीको जुनियर उपाध्यक्षको रूपमा जनरल झाङमाथि आफ्नो विश्वास प्रदर्शन गरे, जसले उनलाई चीनको दोस्रो श्रेणीको जनरल बनायो । त्यसपछि २०२२ मा जब सीले पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल सुरक्षित गरे, जनरल झाङ ७२ वर्षको भए पनि आयोगको वरिष्ठ उपाध्यक्ष बने, जसले उनलाई अघिल्लो अवकाश मापदण्डअन्तर्गत अयोग्य ठहर्याउने थियो ।

यदि जनरल झाङलाई अब औपचारिक रूपमा बर्खास्त गरिएको हो भने उनी सीद्वारा बर्खास्त गरिएका सबैभन्दा उच्च श्रेणीका सक्रिय–ड्युटी सैन्य अधिकारी हुनेछन् । र, यदि उनले आफ्नो पोलिटब्युरो पद पनि गुमाए भने सन् १९८९ को तियानमेन स्क्वायर विरोध प्रदर्शनलाई पिएलएले दबाएको पाँच वर्षको कार्यकालमा यसका दुई सदस्यलाई बर्खास्त गरिएको यो पहिलोपटक हुनेछ ।

यसले सशस्त्र सेनाका अन्य सदस्य र नागरिक अभिजात वर्गलाई विशेषगरी प्रमुख क्रान्तिकारी परिवारका सदस्यलाई एक शक्तिशाली सन्देश प्रवाहित गर्नेछ की सीसँगको सम्बन्ध सुरक्षाको ग्यारेन्टी होइन । तर, यसले सीलाई एउटा समस्या निम्त्याउन सक्छ, आफूले बर्खास्त गरेका सबै जनरलको स्थानमा अब को ल्याउने भन्ने ?

सन् २०१२ मा सत्ता सम्हालेदेखि सीले राजनीतिक रूपमा बफादार र योग्य जनरललाई पदोन्नति गर्ने प्रयास गरेका छन् । यसै अनुरुप हवाई, जमिन, समुद्र, साइबर र अन्तरिक्षका क्षेत्रका पिएलए नेतृत्वको रूपान्तरणलाई अझ फुर्तिलो सेनामा नेतृत्व गर्न सक्छन् । सीले यसअघि आफूअघि नेताद्वारा नियुक्त जनरललाई पनि प्रतिस्थापन गरेका थिए । अहिले भने उनले आफ्नै नियुक्तिलाई लक्षित गरेका छन् । अब बाँकी धेरै जनरल या त अनुभवहीन छन् वा एक वा बढी अपमानित सैन्य कमान्डरहरूसँगको सम्बन्धले कलंकित छन् । केही पश्चिमी मूल्यांकनअनुसार चिनिया सेनाभित्रको उथलपुथलले पिएलएको लड्ने क्षमतालाई पनि असर गर्न थालेको छ ।

डिसेम्बरमा प्रकाशित चीनको सशस्त्र सेनासम्बन्धी पेन्टागनको सबैभन्दा पछिल्लो वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ कि वरिष्ठ पिएलए अधिकारीलाई हटाउँदा संगठनात्मक प्राथमिकतामा अनिश्चितता उत्पन्न भएको छ । यो पिएलएका सबै पदमा प्रतिध्वनित भएको छ । यी अनुसन्धानले पिएलएको सञ्चालन प्रभावकारितामा छोटो अवधिको अवरोधको जोखिम छ,’ रिपोर्टले भन्यो । त्यस बिन्दुमा, कम्तीमा सीले पेन्टागन सही छ भन्ने  आशा गर्नेछन् ।

द इकोनोमिस्टबाट 

सुझावित समाचार