ज्ञान संस्कार बास्केटबल शुक्रबारदेखि

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ।

प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १६ टिमको सहभागिता रहने ज्ञान संस्कारकी भाइस प्रिन्सिपल सानी महर्जनले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन्।

दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने ज्ञान संस्कारकी प्रशासन प्रमुख लालिमा मालाकारले जानकारी दिइन्। विधागततर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, सर्वाधिक स्कोरर र उत्कृष्ट ‘थ्री प्वाइन्टर’लाई ट्रफीसहित पुरस्कृत गरिने छ भने अनुशासित टिम पनि पुरस्कृत हुनेछ।

ज्ञान संस्कारका शिक्षक पुरुषोत्तम घिमिरेले प्रतियोगिताले विद्यालयस्तरका बास्केटबल खेलप्रेमीमाझ विशेष उत्साह जगाउने विश्वास व्यक्त गरे। माघ २६ गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगिताका खेलहरू सामाखुसीस्थित आयोजकको कोर्टमा खेलाइनेछ।

सुझावित समाचार