बानेश्वरको शंखमूलमा टेम्पाे र दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको छ । बिहीबार दिउँसाे पौने १ बजेको समयमा दुर्घटना भएको हाे ।
दुर्घटनामा एकजना मोटरसाइकलचालक सामान्य घाइते भएका छन् । टेम्पाेको अगाडिको सिसा फुटेको छ भने मोटरसाइकलमा सामान्य क्षति भएको छ । घटनापछि प्रहरीले तीनै पक्षलाई सोधपुछका लागि नजिकैको प्रहरी चौकी लगेको छ ।