आज मध्याह्नपछि मौसममा सुधार हुने जनाइएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेका तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ। मौसम सुधार भएसँगै तापक्रम पनि बढ्ने विभागको भनाइ छ ।