कञ्चनपुर पुगे बालेन

मंगलबार, १४ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं झापा क्षेत्र ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) कञ्चनपुर आइपुगेका छन् । मंगलबार धनगढीदेखि पुनर्वासको डोकेबजार हुलाकी सडक भएर कञ्चनपुर आइपुगेका हुन् । 

डोकेबजार–पुनर्वास–बेलौरी–झलारी हुँदै महेन्द्रनगर पुग्ने कार्यक्रम रहेको रास्वपा कञ्चनपुरले जनाएको छ । रास्वपा नेता एवं क्षेत्र १ का प्रतिनिधिसभा सदस्य जनकसिंह धामीले बेलौरी पार्टी कार्यालयमा आएर बेलौरीसहित पुनर्वास, लालझाडी, बेलडाँडीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरेको बताए ।

उम्मेदवार धामीले वरिष्ठ नेता शाहलाई मायाको चिनो प्रदान गरेका थिए । माइन्युटमा साइन, बेलौरी पार्टी कार्यालयमा घन्टी बजाएर यस क्षेत्रबाट उम्मेदवार जिताउन सन्देश दिएका छन् । बेलौरी हुँदै क्षेत्र २ को झलारी र क्षेत्र ३ को महेन्द्रनगर पुगेर नेता–कार्यकर्ताहरूसँग भेटघाट, महेन्द्रनगर मदनचोकमा घन्टी बजाउनेदेखि स्वागत तथा सम्मान कार्यक्रम रहेका छन् । 

०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडाैं महानगरको मेयरमा स्वतन्त्रबाट जितेका बालेन रास्वपा उम्मेदवार बनेपछि पहिलोपटक कञ्चनपुर आएसँगै नेता–कार्यकर्ताहरूदेखि समर्थकहरूले स्वागत गरेका छन् । 
 

सुझावित समाचार