भारतीय ब्याट्सम्यान अभिषेक शर्माले १४ बलमै बनाए अर्धशतक

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

भारतीय ब्याट्सम्यान अभिषेक शर्माले टी–२० क्रिकेटमा १४ बलमै अर्धशतक बनाएका छन्। न्युजिल्यान्डविरुद्धको आइतबारको खेलमा उनले कीर्तिमानी अर्धशतक बनाएका हुन्।

टी–२० मा भारतीय खेलाडीले बनाएको दोस्रो छिटो अर्धशतक हो। सबैभन्दा छिटो अर्धशतक युवराज सिंहको नाममा छ। सन् २००७ मा भएको टी २० विश्वकपको इंग्ल्यान्डविरुद्धको खेलमा उनले ६ बलमा ६ छक्का लगाएका थिए। 

टी–२० क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड भने नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीको नाममा छ। सन् २०२३ को एसियन गेम्समा उनले मंगोलियाविरुद्ध नौ बलमै अर्धशतक बनाएका थिए। 

सुझावित समाचार