सुनको मूल्य तोलामा तीन लाख चार हजारनजिक

आइतबार, ११ माघ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले वृद्धि हुँदै तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँमा कायम थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार