दिनेश हेम्जन चम्किएपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा नयाँ टोली चित्लाङ एफसीलाई ५–१ ले पराजित गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जिताउन दिनेशले दुई गोल गरे । यस्तै, नवयुग श्रेष्ठ र नवीन लामाले समान एक गोल गरेका थिए । चित्लाङका नरेन्द्र चौधरीले आत्मघाती गोल गरे । म्याथ्यु बाबातुन्डेको नाममा एक गोल रह्यो ।
यसअघि पहिलो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई ५–० ले हराएको थियो । दोस्रो खेलमा भने टोलीले नवप्रवेशी प्लानिङ ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो । यता, चित्लाङको भने दोस्रो पहिलो हार हो । चित्लाङले पहिलो खेलमा नवजनजागृति युवा क्लबलाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको थियो ।